कलैया उपमहानगरपालिकाले करिब १ अर्ब ६० करोडको बजेट सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कलैया उपमहानगरपालिकाले करिब १ अर्ब ६० करोडको बजेट सार्वजनिक

कलैया । कलैया  उपमहानगरपालिकाले आ ब ०७८ / ०७९ मा १ अर्ब ५९ करोड  ९३ लाख ५९ हजार ९२ रुपैयाको अनुमानित बजेट सार्वजनिक गरेको छ । 

नगर प्रमुख  राजेश राय यादवले सातौ नगर सभामा निति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपालको समबिधान २०७२ को मार्ग निर्देशन सिधाान्त तथा बिकास नीति ,स्थानीय सरकार  संचालन ऐन २०७४  योजनाको  लक्ष्य  , उदेश्य रणनीति  तथा न्युनतम शर्त तथा सम्पादन कार्यबिधी २०६६ संघिय मामिला तथा समान्य प्रशासन एव राष्ट्रिय  योजना आयोग बाट प्राप्त  निर्देशन अनुसार नीति तथा कार्यक्रम बनाईएको  बताए ।  

नगरवासीले तिरेको कर नगरवासी कै नगर विकासको लागि भन्ने मुल उदेश्यको साथ कर संकलन तथा करदाता वृद्धि  कार्यक्रमलाई प्रभावकारी  बनाउने  नगर प्रमुख यादवले बताएका थिए ।

समृद्ध कलैयाको अवधारणालाई साकार  पार्न  महानगरीय  परिकल्पनाका साथ अल्पकालीन तथा दीर्घकालीन बिकासका योजनाहरु मार्फत समृध कलैया  ,शुखी कलैया  वासी र कृषि , पुर्वाधार समृध कलैयाको आधार निर्माण गर्ने आफ्नो लक्ष्य रहेको समेत नगर प्रमुख  यादवले बताएका छन् ।

कलैया  उपमहानगरपालिकाको आ ब ०७८/०७९ मा चालू खर्च तर्फ २४ करोड ५५ लाख ८० हजार रकम बिनियोजन गरिएको छ । त्यसैगरी  पुजिगत तर्फ ५८ करोड  १९ लाख छुटियाईएको छ ।  कलैया  उपमहानगरपालिकाको आ ब ०७८/०७९ मा अनुमानित आय १ अर्ब ६५ करोड ९६ लाख ७९ हजार  अनुमान  गरिएको  छ । 

कलैया  उपमहानगरपालिकाको नगर प्रमुख  राजेश राय यादवको सभापतित्वमा सम्पन्न  भएको  सातौ नगर सभामा  वडा अध्यक्ष ,वडा सदस्य , कार्यपालिका सदस्य , नगरपालिकाको सम्पूर्ण कर्मचारीहरु  लगायत  संचारक्रमिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);