हराएका बालकको शव टाउको विना भेटियो | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

सिरहा, ६ कार्तिक। सिरहामा तीन दिन अघि देखि बेपत्ता भएका बालकको घाँटी रेटी हत्या गरेको अवस्थामा शव भेटिएको छ।

सिरहाको कर्जन्हा नगरपालिका-२ बन्दीपुरका कसुम यादवका १३ वर्षीय छोरा भवेश यादवको कमला नदी किनारमा रहेको नर्सरीमा घाँटी रेटी हत्या गरेको अवस्थामा शव भेटिएको हो।

प्रहरीका अनुसार यादवको टाउको भन्दा तलको भाग मात्र फेला परेको छ। बालकको शव अस्पतालमा पोष्टमार्टमका लागि अस्पताल लगिएको बताइएको छ।

 

ताजा समाचार