भाइसँग मिलेर श्रीमतीको हत्या | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

गाईघाट, ६ कार्तिक । उदयपुरमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित भुसुने निवासीे २८ वर्षीया लक्ष्मीकुमारी राईलाई श्रीमान् राजकुमार राई र देवर ओम राईले हत्या गरेका हुन् ।

गोरु पूजाको दिन राति ११ बजेतिर लक्ष्मीले मादक पदार्थ सेवन गरेर घर आएपछि भनाभन हुँदा रिसको झोकमा उनीहरूले रडले हिर्काएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

सो घटनाका सम्बन्धमा प्रहरीले अभियुक्तद्वयलाई पक्राउ गरेर अनुसन्धान थालेपनि कुनैपनि जानकारी नदिएको बताइएको छ ।