जुवाको खालबाट १२ जना पक्राउ, एक लाख बीस हजार रुपैयाँ बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भक्तपुर, ८ कार्तिक । भक्तपुरमा अवैध रुपमा जुवातास खेलाउँदै गरेको अवस्थामा १२ जनालाई पक्राउ परेका छन्।

भक्तपुरको सुर्यविनायक नगरपालिका – १० चित्तपोल खड्का गाउँस्थित विशाल खड्काले सञ्चालन गरेको किराना पसलभित्र अवैध रुपमा जुवातास खेलाउँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा स्थानीय ३४ वर्षीय विशााल खड्का, ४० वर्षीय वासुदेव खड्का, ४९ वर्षीय रघुनाथ खड्का, ४० वर्षीय हरि खड्का र ३० वर्षीय ज्ञानेन्द्र खड्का रहेका छन् । त्यसैगरी काभ्रे बनेपा नगरपालिका– १ निवासी ४८ वर्षीय किरण थापा, ३७ वर्षीय सुन्दर जिसी, ३२ वर्षीय राजन थापा, २७ वर्षीय गोकर्ण कार्की, ४८ वर्षीय सहदेव थापा, ४० वर्षीय राधाकृष्ण महत र ५० वर्षीय अंकुर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

१२ जनालाई पक्राउ गर्नुका साथै जुवातासको खालबाट १ लाख २० हजार रकम समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);