नवलपरासी । पूर्वी नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका ३ सर्दीस्थित डम्रे खोलाले बगाई बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले असार ८ गते फेला पारको छ ।
बझाङ जिल्ला स्थायी घर भएका २४ वर्षिय लक्ष्मण बोहोरा माछा मार्ने क्रममा उक्त खोलाले बगाई बेपत्ता भएको बताईएको छ ।
सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा वेश सर्दीबाट खटिएको सशस्त्र प्रहरीले उनको शव पानीमा डुवेको अवस्थामा फेला पारेको हो ।