सोमबार रातीबाट टुटल, पठाओ लगायतका सेवाहरु सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सोमबार रातीबाट टुटल, पठाओ लगायतका सेवाहरु सञ्चालनमा

काठमाडौँ । निषेधाज्ञाका कारण बन्द भएका टुटल, पठाओ लगायतका सेवाहरु सुचारु हुने भएका छन्। सोमबार रातीबाट राइड सेयरिङ अर्थात टुटल, पठाओ लगायतका सेवाहरु नियमित सुचारु हुन लागेका हुन् ।

उपत्यकामा निजी सवारीलाई जोर–बिजोर प्रणाली लगाएर निषेधाज्ञा खुकुलो गरेसँगै राइडिङ सेयर गर्ने एपहरु सेवामा फर्किन लागेका लागेको उक्त कम्पनीले जनाएका छन् । उनीहरुले समेत जोर–बिजरो प्रणालीलाई पालना गरी सेवा सुचारु गर्ने भएका छन् । नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडर सतर्कतासहित सेवा थाल्ने बताएको छ ।

राइडरले मापदण्ड अनुसार सेवा दिने टुटलका संस्थापक शिक्षित भट्टले बताए । पठाओले नियमित सेवा सुरु नगरेपनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा थालनी गरेको छ । पठाओले अत्यावश्यक अवस्थामा अत्यावश्यक सेवा चाहानेहरूलाई नियमित सेवामा दिने बताएको छ ।

पञ्जा, मास्क, र सेनिटाइजर प्रयोग गर्ने गरी प्रोटोकल बनाइएको छ ।त्यस्तै,पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेतका अनुसारसार्वजनिक सवारी नचलेकाले समस्यामा परेकाहरूलाई सघाउने सामाजिक भावनासहित सेवा दिने बताइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);