कपिलवस्तु प्रहरीद्वारा मास्क नलगाई हिँड्ने १९ जनालाई कारबाही | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

कपिलवस्तु प्रहरीद्वारा मास्क नलगाई हिँड्ने १९ जनालाई कारबाही

कपिलवस्तु कोरोनाका बेला जारी निषेधाज्ञामा समेत मास्क नलगाई बजार हिँडडुल गर्ने १९ जनालाई प्रहरीले आइतबार कारबाही गरेको छ ।

तौलिहवा बजारमा मास्क प्रयोग नगर्ने तथा अन्य मापदण्ड पालना नगर्नेलाई नियन्त्रणमा लिई संक्रमण रोग ऐन र कोभिड –१९ सम्बन्धीअध्यादेश बमोजिम कारबाही गरिएको हो ।

उनीहरुलाई प्रतिव्यक्ति २ सयका दरले जरिवना तिराइएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए । एक पटककालागि जरिवाना तिराइ छाडिएको उनले जानकारी दिए ।

प्रहरी, सामुदायिकप्रहरी, नागरिक समाजको संयुक्त आयोजनामा तौलिहवा बजारमा गरिएको सचेतना कार्यक्रम कै बीच उनीहरुलाई प्रहरीले कारबाही गरेको थियो ।

सचेतनामुलक कार्यक्रममै बजारमा हिँडडुल गर्ने व्यक्तिहरुले मास्क लगाए नलागएको अनुगमन समेत गरिएको थियो ।

Leave a Reply