भक्तपुर । भक्तपुरमा एक बालकको इँटाभट्टाको खाल्डोमा डुबेर मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीमा रहेको बिएम इँटाभट्टाको खाल्डोमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको हो ।
शुक्रबार हराएको बालकको खोजतलास गर्दा कतै नभेटेपछि आज थप खोजतलासी गर्ने क्रममा बालक खाल्डोमा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
इँटाभट्टाले जथाभावी खाल्डा खन्ने र पोखरी बनाएर बारसमेत नहाली राख्दा हरेक वर्ष भक्तपुरका इँटाभट्टामा यसैगरी बच्चा डुब्ने गरेका छन् ।