कास्की । कास्की जिल्लामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् भने बाघसँग प्रतिकार गर्ने क्रममा बाघको घटनास्थलमै मृत्यु भएको छ।
कास्की जिल्ला रुपा गाँउपालिका – ७, धारापानीमा बसोबास गर्ने ३४ वर्ष का तुल बहादुर गुरुङ बिहान ८ बजेको समयमा आफ्नै बारीमा घास काट्ने क्रममा एक्कासी बाघले आक्रमण गरेको हो।
गुरुङलाई बाघले पछाडीबाट चिथोर्दा घाईते भएका थए । गुरुङलाई आक्रमण गर्दा स्थानीयहरुले देखेपछि प्र’तिकार गर्ने क्रममा सोहि ठाउ बस्ने गर्ने ३२ वर्षीयका मिलन गुरुङलाई पनिटाउकोमा चिथोर्दा घाईते भएका छन ।
दुबै घाईतेलाई उपचारको लागी भिरचोक स्वास्थ्य चौकी पठाईएको प्रहरीले जनाएको छ। दुबै घाईतेहरुको अबस्था सामान्य रहेको छ। प्रतिकार गरेर आफुलाई जोगाउने क्रममा बाघको घसटनास्थलमा मृत्यु भएको उनिहरुले बताएका छन ।
उक्त घटनाको बारेमा तत्कालै घटनास्थलमा प्रहरी टोली खटिएर घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।