आर्थिक बर्ष ०७८/०७९ का लागि प्रस्तावित नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आर्थिक बर्ष ०७८/०७९ का लागि प्रस्तावित नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक बर्ष ०७८/०७९ का लागि प्रस्तावित नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगित भएको छ । उपमेयरसहित कांग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे अध्ययन गर्न दुई दिनको समय माग गरेपछि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दुई दिनका लागि छलफल स्थगित गरेको हो ।

प्रमुख शाक्यले बिहीबार नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो र शुक्रबारदेखि त्यसमाथि छलफल हुने बताइएको थियो । प्रमुख शाक्यले असार १० गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यतालाई समेत ध्यानमा राखेर कांग्रेसका तर्फका जनप्रतिनिधिसँग छलफल गरेको समेत बताउँदै कांग्रेसका जनप्रतिनिधिहरु आइतबारको छलफलमा सहभागी हुने विश्वास समेत व्यक्त गरे ।

शाक्यले नीति तथा कार्यक्रममा १ सय बेडको काठमाडौँ महानगर विशेष अस्पताल स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट/सहुलियत दिने, महानगरवासीलाई नागरिक स्वास्थ्य विमा कार्यक्रम, एक वडा एक नमूना विद्यालय कार्यक्रम सहरी स्वास्थ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा जस्ता महत्वपूर्ण कार्यक्रम ल्याएको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);