गुल्मीको पुर्कोटदहमा प्रहरीले गर्‍यो मास्क बैंक स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

गुल्मीको पुर्कोटदहमा प्रहरीले गर्‍यो मास्क बैंक स्थापना

गुल्मी । गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटदहमा नेपाल प्रहरीले मास्क बैंक स्थापना गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बिच मदाने गाउँपालिका – ६ स्थित पुर्कोटदह बजारमा बढ्दो कोरोनाको जोखिम न्यूनीकरण गर्नका लागि ईलाका प्रहरी कार्यालयको आयोजना र मदाने गाउँ पालिका, मदाने सामुदायिक स्वास्थ्य केन्द्र र मैत्री बहुउद्देश्यीय सहकारीको सहकार्यमा मदाने गाउँ पालिकाका प्रमुख दान बहादुर के.सि को प्रमुख आतिथ्यतामा ”हुनेले दिएर जाउ ,नहुनेले लिएर जाउ ” भन्ने मुल भावनाका साथ मास्क बैंकको स्थापना गरिएको ईलाका प्रहरी कार्यलय पुर्कोटदहका प्रहरी प्रमुख निरिक्षक गोपाल जंग रायमाझीले बताए ।

रायमाझीले काम परेको खण्डमा बाहिर हिड्दा मास्क लगाएर हिडे भने कोरोनाबाट बचन सकिने भएकाले सबैले मास्क बैंकको भरपुर प्रयोग गर्न प्रहरी निरिक्षक रायमाझीले सबैलाई अनुरोध समेत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);