अमेरिकासँग वार्ता र संघर्ष दुवैका लागि मुलुक तयार रहनुपर्छ : किम जोङ उन | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

अमेरिकासँग वार्ता र संघर्ष दुवैका लागि मुलुक तयार रहनुपर्छ : किम जोङ उन

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग ‘वार्ता र संघर्ष’ दुवैका लागि मुलुक तयार रहनुपर्ने बताएका छन् ।

सत्तारुढ वकर्स पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकमा नेता किमले बाइडेन प्रशासनप्रति पहिलो पटक सार्वजनिक रुपमा प्रतिक्रिया दिदै ‘वार्ता र संघर्ष’ दुवैका लागि मुलुक तयार रहनुपर्ने बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

किमले अमेरिकासँग उपयुक्त रणनैतिक तथा सामरिक प्रतिवाद’ का आधारमा व्यवहार गर्नुपर्ने उल्लेख गरे । विशेष रुपले मुलुकको गरिमाको रक्षा र स्वतन्त्रका विकासका लागि पूर्ण रुपमा तयारी अवस्थामा रहनुपर्नेमा किमले जोड दिएका छन् ।

पछिल्लो समय उत्तर कोरिया कोरोना र खाद्य संकटको चपेटामा परेको समाचार सार्वजनिक भइरहदँ किमको प्रतिक्रिया आएको हो ।

यो पनि पढ्नुहोस

उत्तर कोरियामा खाद्यान्न संकट भएको नेता किमको स्वीकारोक्ति

दक्षिण कोरियाली समाचार संस्था एनकेन्युजका अनुसार अहिले उत्तर कोरियामा एक किलो केराको भाउ ४५ अमेरिकी डलर र स्याम्पु २ सय डलरसम्म पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);