पार्टी आधिकारिकताको दाबीसहित जसपाको यादव–भट्टराई पक्ष निर्वाचन आयोगमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

पार्टी आधिकारिकताको दाबीसहित जसपाको यादव–भट्टराई पक्ष निर्वाचन आयोगमा

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र नेता डा.बावुराम भट्टराई पक्षले निर्वाचन आयोग पुगेर पुनः पार्टीको आधिकारिकता दाबी गरेको छ । जसपाको यादव–भट्टराई पक्षले शुक्रबार दिउँसो निर्वाचन आयोग पुगेर पार्टी आधिकारिकता दाबी पेश गरेका हुन् ।

जसपाको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकता दाबीका लागि आयोग जाने निर्णय गरेको थियो । त्यसअघि बिहीबार नै जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले २० कार्यकारिणी समिति सदस्य थपेर नामावली निर्वाचन आयोगमा बुझाएका थिए ।

केही समयअघि जसपाका दुई अध्यक्षले एक अर्कालाई कारबाही गरेको जानकारी गराँउदै आयोगलाई पत्र पठाएको थियो । तर आयोगले दुबै पक्षको कारबाहीको मागलाई अस्वीकार गरेको थियो ।

यद्यपी बिहीबार बसेको यादव–भट्टराई पक्षको कार्यकारिणी समितिको बैठकले पार्टीको निर्णय विपरीत प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका ९ मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय समेत गरेको थियो ।

ओली सरकारमा ठाकुर पक्षका नेता राजेन्द्र महतो उपप्रधानमन्त्री सहित विभिन्न मन्त्री र राज्यमन्त्री पदमा रहेका छन् । त्यसैगरी बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरी स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);