म्यानमारमा सेना र स्थानीय गुरिल्ला छापामारबीच झडप, २ जनाको मृत्यु, दुई सय घर जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

म्यानमारमा सेना र स्थानीय गुरिल्ला छापामारबीच झडप, २ जनाको मृत्यु, दुई सय घर जलेर नष्ट

एजेन्सी । म्यानमारमा सेना र स्थानीय गुरिल्ला छापामारबीच भएको झडपमा २ जनाको मृत्यु हुनुका साथै एउटा गाउँ पुरै जलेर नष्ट भएको छ ।

म्यानमारको किन क्षेत्रमा भएको उक्त घटनामा दुई जनाको मृत्यु हुनुका साथै २ सय घर जलेर पूर्ण रुपमा नष्ट भएका हुन् ।

सेनाले शासकिय ब्यबस्थाको बिरुद्धमा रहेको गुरिल्लालाई नियन्त्रणमा लिने क्रममा दोहोरो झडप भएको बीबीसीले जनाएको छ । झडपकै क्रममा सेनाले गुरिल्लाहरुको बसोबास रहेको गाउँमा अन्धाधुन्ध गोली प्रहार गरी आगजनी गरेको बताइएको छ ।

घटनालाई लिएर म्यानमारका लागि बेलायती राजदुत डान चुगले घटनाप्रति भत्र्सना गर्दै म्यानमारको सेनाको ज्यादतीको बिरोध गरका छन् ।

निहत्था जनताको हत्यामा म्यानमारको सेना उद्दत भएको भन्दै राजदुत चुगले म्यानमारका जनताको जीवन रक्षाको जोडदार मागसमेत गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);