उदयपुर । उदयपुर त्रियुगा नगरपालीका ७ मा रुख काट्ने क्रममा रुखको हाँगाले टाउकोमा लागि एक जनाको मृत्यु भएको छ।
उदयपुर त्रियुगा नगरपालीका ७ स्थित पानीतारेमा रहेको बागेश्वरी सामुदायिक वन उपभोक्ता समितिले डिभिजन वन कार्यालय गाईघाट उदयपुरबाट कटान आदेश लिई रुुख काट्ने क्रममा रुुखको हाँगाले टाउकोमा लागि खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालीका ८ धितुङ निवासी सरोज राईको घटनास्थलमै मृत्यु भएको छ ।
मृतकको शव पोस्टमार्टमको लागि अस्पताल लगिएको छ भने घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिए।