काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यक्रम फेरि सुरु हुने भएको छ ।
खोप अभावका कारण स्थगित भएको कार्यक्रम आजबाट पुनः सुरु हुने भएको हो । जेठ २५ गतेबाट देशभर सुरु भएको खोप अभियान काठमाडौंमा स्थगित भएको थियो । रोकिएको खोप अभियान काठमाडौंमा आज र भोलीे लगाइने भएको छ ।
महानगरपालिकाले जारी गरेको सूचना अनुसार ६०–६१ वर्ष उमेर समूहका नागरिक भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, कोरानाका बिरामीको उपचार जाँच र प्रत्यक्ष उपचारमा संलग्न चिकित्साकर्मी, प्यारामेडिक्स, नर्सिङका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने छन् ।
यसअघि महानगरका सबै वडामा लगाइएको खोप अब भने ४ वटा केन्द्रमा मात्र लगाइने छ । ६० र ६१ वर्ष उमेरका तथा यसअघि भेरोसेल खोप लगाएका व्यक्ति, स्वास्थ्यकर्मीका लागि वीर, त्रिवि शिक्षण, निजामती कर्मचारी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइनेछ ।