एजेन्सी । साउदी अरबले हजका लागि विश्वभरबाट जम्मा ६० हजार जनालाई मात्र अनुमति दिने निर्णय गरेको छ ।
कोरोना महामारीका कारण साउदी स्वास्थ्य मन्त्रालयले हजमा ६० हजारलाई मात्र सहभागी हुन दिने निर्णय गरेको हो । जसमध्ये ४५ हजार मुलुक बाहिरका हुने र १५ मुलुक भित्रका हुने पनि साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
साउदीले पाकिस्तानीहरुलाई पनि सहभागी गराउने निर्णय गरेको हो । पाकिस्तानमा प्रधानमन्त्रीका धार्मिक प्रतिनिधिमण्डलका विशेष प्रतिनिधि मौलाना ताहिर अश्रफीले पनि साउदी अरेबियाको निर्णयको पुष्टि गरिसकेका छन् ।
यसका साथै जुलाई १७ देखि जुलाई २२ सम्म हुने हजका लागि साउदी अरेबियाले अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिबिन्ध मे १७ बाट हटाईसकेको छ ।
साउदीले हजमा सहभागी हुनेहरुले कोरोनाविरुद्धको पूर्ण खोप लिनुपर्ने बताएको छ ।
यसका साथै साउदीले हजमा सहभागी हुन आउने १८ देखि ६० वर्ष उमेर समूहको हुनुपर्ने , स्वास्थ्य अवस्था राम्रो भएको हुनु पर्ने, विगत ६महिनादेखि कुनै पनि स्वास्थ्य समस्याका कारण अस्पताल गएको नहुने जस्ता केही शर्तहरु अघि सारेको छ ।