साउदीले कतारमाथि लगाएको नाकाबन्दी हटायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साउदीले कतारमाथि लगाएको नाकाबन्दी हटायो

एजेन्सी, २१ पुष । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । साउदी अरबले कतारमाथि करिव साढे ३ बर्षअघिबाट लगाएको नाकाबन्दी हटाएको हो ।

मगंलबार साउदी अरबमा हुने गल्फ को–ओपरेसन काउन्सील जीसीसी सम्मेलनको अगाडि साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरको हो । जीसीसीको सम्मेलनमा खाडी देशका ६ देश सहभागी हुने छन् । धेरै छिमेकी देशहरुसँग विवाद रहेको कतारमा नाकाबन्दी हटाइएको विषयलाई खाडी देशहरुमा ठूलो घटना मानिएको छ ।

जीसीसी सम्मेलनमा साउदी र कतारबीचको विवाद समाधान सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । कतारले आतंकवादलाई बढावा दिएको आरोप छिमेकी देशहरुले लगाएपछि साउदी अरबले हवाई र स्थल नाकाबन्दी गरेको थियो ।

कतारमाथि व्यापारिक, राजनीतिक र यात्रा प्रतिबन्ध पनि लगाइएको थियो । यो प्रतिबन्धमा बहराइन, इजिप्ट लगायतका देशहरुले पनि साथ दिएर कतारमाथि घेराबन्दी गरेका थिए । यद्यपी कतारले भने सो आरोपको खण्डन गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);