खोप खरिदका लागि संघीय सरकारलाई मन्त्री उषाकला राईको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

खोप खरिदका लागि संघीय सरकारलाई मन्त्री उषाकला राईको प्रस्ताव

काठमाडौं । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले खोप खरिदका लागि अनुमति दिन संघीय सरकारलाई आग्रह गरेकी छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भर्चुअल बैठकमा मन्त्री राईले कोरोनाविरुद्धको खोप खरिदका लागि अनुमति दिन संघीय सरकारसमक्ष आग्रह गरेकी हुन् ।

‘केन्द्रले प्रबन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति दिन मन्त्री राईले बताएकी छन्। कोरोनाको तेस्रो लहर शुरु हुने विज्ञहरुले बताइरहेकाले चाँडो खोप लगाउनुपर्ने उनले बताएकी हुन् । प्रदेश १ का दुर्गम स्थानमा कोरोना संक्रमण फैलिंदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको भन्दै मन्त्री राईले तत्काला खोप उपलब्ध गराउन ढिलाई गर्न नहुने बताइन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);