एमाले नेता भट्टराईको प्रश्न : यो सव केका लागि | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

एमाले नेता भट्टराईको प्रश्न : यो सव केका लागि

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता नहुनुमा मुलत दुई कारण रहेको भन्दै आफ्नै समुहका नेता माधवकुमार नेपाल र झलनाथ खनालमाथि कडा प्रश्न गरेका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तीनै जनामा एकै खालको समस्या देखिएको उल्लेख गरेका छन् ।

नेता भट्टराईले कांग्रेससभापति शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग मिल्न तयार माधव–झलनाथ पार्टी अध्यक्ष ओलीसँग किन मिल्न सकिरहेका छैनन भन्ने प्रश्न समेत गरेका छन् । त्यस्तै प्रधानमन्त्री ओली जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महत्वसंग मिल्न तयार तर माधव झलनाथसंग किन तयार नभएको भन्दै उनले एमाले एकतामा थप सकस भएको मूल कारणनै शिर्षत नेताहरु भएको धारणा राखेका छन् ।

Leave a Reply