Our Network

असार ९ २०७८, बुधवार

इंग्ल्यान्डको वेल्बलीमा हुने युरोकप फुटबलका खेलहरु रंगशालामै बसेर हेर्न पाइने

एजेन्सी । इंग्ल्यान्डको वेल्बलीमा हुने युरोकप फुटबलको खेलहरु रंगशालामै बसेर हेर्न पाइने भएको छ ।

यूईएफएले मंगलबार कोरोना भाइरसविरुद्धको खोप र पासपोर्ट भएका रंगशालामा नै बसेर खेल हेर्न पाउने भएका हुन् । तर, खोप पासपोर्ट भएका ११ वर्ष माथिका समर्थकलाई मात्र रंगशाला प्रवेशको अनुमति रहेको छ ।

यस्तै दुबै डोज खोप लगाएको र खेल भन्दा १४ दिन अघि लगाएको हुनु पर्नेछ । कोरोना महामारीको कारण एक वर्ष पछि हुन लागेको युरो जुन ११ बाट जुलाई ११ सम्म आयोजना हुँदैछ ।

वेम्बलीमा समूह डी को खेलहरु हुनेछ । इंग्ल्यान्डले जुन १३ मा क्रोएसियासँग खेल्नेछ । वेम्बलीमा युरोको फाइनल खेल समेत हुनेछ ।

Leave a Reply