काठमाडौं । आज सुनुवाई हुन लागेको मन्त्रिपरिषद् पुनर्गठनविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ ।
गएको जेठ २१ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
सो मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कन्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाहले सर्वोच्चमा दर्ता रिट दायर गरेका थिए ।
रिटमा संविधानको धारा ७६(३) अन्तर्गतको वर्तमान सरकार कामचलाउ मात्र भएकाले मन्त्रिपरिषद् विस्तारसहितका महत्वपूर्ण काम गर्न नपाउने दाबी गरिएको छ ।