ललितपुर । ललितपुर महानगरपालिकामा ६० वर्षदेखि ६४ वर्ष उमेर समूहकालाई मंगलबार र बुधबार कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ ।
जेठ २५ र २६ गते महानगरपालिकाका ६० वर्षदेखि ६४ वर्ष उमेर समूहकालाई चिनियाँ खोप भेरोसेल दिइन लागेको महानगरले जनाएको छ ।
भेरोसेलको पहिलो डोजको खोप दिन लागिएको हो । पहिलेका खोप केन्द्रहरुबाट नै खोप लगाउन सकिने महानगरले जानकारी गराएको छ ।
सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी उमेर खुल्ने फोेटो सहितको परिचयपत्र बोकेर खोप लगाउन जान महानगरले आग्रह गरेको छ ।