हस्ताक्षर फिर्ता लिनु बेइमानी हो : राष्ट्रियसभा सदस्य देवकोटा | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८१, आइतबार

हस्ताक्षर फिर्ता लिनु बेइमानी हो : राष्ट्रियसभा सदस्य देवकोटा

काठमाडौं । राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिनु बेइमानी हुने बताएका छन् ।

देवकोटाले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत हस्ताक्षर फिर्ता लिनु बेइमानी हुने बताएका हुन् । उनले लेखेका छन्–‘नेपाली जनताको ठूलो त्याग तपस्या र वलिदानीपूर्ण आन्दोलन लगायतबाट प्राप्त संविधानलाई वन्धकीमा राखी कुनै पनि माननीयज्यूहरुले हस्ताक्षर फिर्ता लिनु हुँदैन। फिर्ता लिनु बेइमानी हो । ’

आइतबार राति प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ बँुदे शर्त सहित पार्टी एकताको आह्वान गरेका थिए । जसमध्ये देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिनु पर्ने पनि एक रहेको छ । प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेपछि त्यसको प्रतिक्रियामा देवकोटाले हस्ताक्षर फिर्ता लिनु बेइमानी हुने बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले विभिन्न प्रलोभन दिएर पासा फालेको आरोप समेत लगाएका छन् । ‘आन्दोलनले उचाई प्राप्त र विजयउन्मुख भएपछि विभिन्न प्रलोभन दिईन्छ । पासा फालिन्छ ।’
यसका साथै देवकोटाले एमालेलाई २०७५ जेठ ३ मा नफर्काउनु सर्वोच्च अदालतको मानहानी भएको समेत उल्लेख गरेका छन् । ‘सर्वोच्च अदालतले ०७५ जेठ ३ अगाडि फर्क भनेर आदेश दिएपछि कार्यान्वयन नगर्नु त अदालतको मानहानी हो । संविधान, कानुन र विधि पद्धती भत्काएपछि मानहानीको के नै अर्थ रह्यो र ?’

देवकोटाले सर्वोच्च अदालतको आदेश विपरी पटकपटक संविधान मिच्नेले सार्वजनिक रुपमा जनताका आगाडि माफी माग्नु पर्ने समेत बताएका छन् । उनले लेखेका छन्–‘न्यायलय र व्यवस्थपिकाको कार्यक्षेत्रमा हस्तक्षेप नगर, संसदप्रति उत्तरदायी होऔ समेत भनेको छ ।

अदालतले यसरी भन्दा भन्दै फेरि पनि अधिकार क्षेत्र भन्दा बाहिर जाने? पटक–पटक संविधान मिच्नेले सार्वजनिक रुपमा जनताका अगाडि माफी माग्न पर्दैन?’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);