एजेन्सी । पाकिस्तानमा सोमबार बिहान दुईवटा रेल एक आपसमा ठोकिएर दुर्घटना भएको छ ।
दुर्घटनामा परि ३० जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । मृत्कको संख्या अझै बढ्ने सक्ने बताईएको छ ।
कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् ।
दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।