आयरल्याण्डसँग नेदरल्यान्ड्स ८ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८१, सोमबार

आयरल्याण्डसँग नेदरल्यान्ड्स ८ विकेटले पराजित

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसी पुरुष विश्वकप सुपर लिग क्रिकेट अन्तर्गतको दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्याण्डले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

शुक्रबार भएको खेलमा आयरल्याण्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको हो नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य आयरल्याण्डले ४३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

आयरल्याण्डका लागि कप्तान एन्डी बल्ब्रिनीले अविजित ६३ , पाउल स्ट्रर्लिङले ५२ र ह्यारी टेक्टरले अविजित ३० रन जोडे । नेदरल्यान्ड्सका पिटर सिलार र लोगन भान विकले १÷१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो नेदरल्यान्ड्सका म्याक्स ओडोडले ३६ तथा बास डी लिड र स्कट इडवार्डले समान २३÷२३ रन बनाए ।

आयरल्याण्डका क्रेग योङ र जोस लिटलले ४÷४ विकेट लिए जितसँगै आयरल्याण्डले तीन खेलको सिरिज १–१ को बराबरी गरेको छ । यस अघि पहिलो खेलमा नेदरल्यान्ड्सले आयरल्याण्डलाई १ रनले हराएको थियो ।

तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);