फागुन ११ आइतबार ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्न लागि परेको आरोप लगाएको छन ।
काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन प्रेस सेन्टरको अधिवेशनमा उनले आफू सभामुख हुँदा प्रधानमन्त्री ओलीले दुई पटक संसद विघटन गरेको बताए।
उनले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने र बहुमत ल्याउने केपी ओलीको चाहना पूरा नहुने पनि उल्लेख गरे । उनले सरकारले अध्यादेश ल्याएर संसदको अपमान गर्न खोजेपनि सरकार अध्यादेशको पासोमा परेको दाबी गरे।
उपाध्यक्ष सापकोटाले जनताको आवाज मुखरित गर्ने संसद विगत २३ दिनदेखि कामविहीन भएको भन्दै सरकारले लज्जास्पद अवस्था बनाएको आरोप लगाए। उनले विद्युत प्राधिकरणका कार्यकारी अधिकृत तथा सुशासन पक्षमा काम गर्ने कर्मचारीलाई सरकारले हटाउन खोजेको तर जनताको साथ भएकाले सरकार पछि हटेको उल्लेख गरे ।




