देशभर आंशिक देखी सामान्य बदली रहने | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

देशभर आंशिक देखी सामान्य बदली रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम आंशिक देखि सामान्य  बदली रहने छ ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ ।

हाल प्रदेश १ को पहाडी भूभाग लगायत बाकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी आज राति पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

पहाडी भूभागका थोरै स्थानमा स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक  सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);