मोरङ। प्रहरीले अवैध लागूऔषध गाँज बरामद गरेको छ । प्रहरीले गएराति बिराटनगर महानगरपालिका–१८ लावाघाटबाट करिब १३ किलो ९ सय ५० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय बुधनगरबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले बोरा फाली फरार भएको प्रहरीले जनाएको हो । बोरा फालेर फरार अवस्थामा रहेको व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाई रहेको छ ।