राष्ट्रसंघका महासचिवले गरे नेपाली सेनाको उच्च प्रशंसा | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

राष्ट्रसंघका महासचिवले गरे नेपाली सेनाको उच्च प्रशंसा

काठमाडौँ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले युद्धग्रस्त दक्षिण सुडानको जातिय हिंसा रोक्न नेपाली सेनाले गरेको गर्दे आएको योग्दानको उच्च प्रशंसा गरेका छन् ।महासचिवले दक्षिण सुडानमा तैनाथ कालिध्वज गण दशौं डफ्फाका सह–सेनानी विज्ञान विष्टलाई कदरस्वरुप प्रशंसा पत्र समेत प्रदान गरेको हो ।

बिहीबार जंगी अड्डाद्वारा जारी विज्ञप्तिमा विष्टलाई महासचिव गुटरेसद्वारा लेटर अफ कमन्डेसन प्रदान गरिएको बताइएको छ । ‘जातिय द्वन्द्वका कारण नरसंहारबाट गुज्रिएको उक्त मुलुकमा यस प्रकारको घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले पु¥याएको योगदानलाई राष्ट्रसंघले उच्च प्रशंसा गरेको छ’ विज्ञप्तिमा लेखिएको छ ।

Leave a Reply

ताजा समाचार