सुनसरीमा निषेधाज्ञा खुकुलो बनाइँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

सुनसरीमा निषेधाज्ञा खुकुलो बनाइँदै

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा खुकुलो पार्ने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले विकास निर्माण तथा उत्पादन मूलक एवं कृषिजन्य रोजगारीका क्षेत्रमा स्वास्थ्य मापदण्ड अपनाई सहजीकरण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिए ।

निर्माण सामग्री बोकेका हाइड्रोलिक अनलोड सिस्टम भएका ट्रक तथा ट्रिपरलाई निर्वाध रुपमा चल्नदिने निर्णयसमेत भएको डीसीसीएमसीका संयोजक समेत रहेका प्रजिअ ढकालले बताए । अक्सिजन रिफिल गरी वितरण गर्दा कोभिड उपचार केन्द्र तथाआइसोलेसनलाई मात्र वितरण गर्न दिइने भएको उनको भनाइ छ ।

यसैबीच, मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ५ बमोजिम जिल्लाको कोभिड १९ प्रतिकार्य अधिकारीको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिइएको सहायक प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);