काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
आइतबार र सोमबार बस्ने भनिएपनि आन्तरिक र लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनका कारण स्थगित बैठक आज बस्न लागेको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए ।
बैठकमा यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको र उनीहरुलाई के कारबाही गर्ने भन्ने बारेमा पनि निर्णय हुन सक्ने बताइएको छ ।
स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।
यसअघि एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ ।




