महाधिवेशनकाे पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महाधिवेशनकाे पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक

काठमाडौं । महाधिवेशनमा होमिएको नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज सोमबार बस्दैछ । बैठक अपराह्न ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेको १०औँ महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ । त्यसको पूर्वसन्ध्यामा स्थायी कमिटी बस्न लागेको हो । सचिव तामाङका अनुसार बैठकमा महाधिवेशन तयारीको समीक्षा र महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुनेछ । 

एमालेको १०औँ महाधिवेशनमा कुल प्रतिनिधिको पाँच प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ । जसअनुसार करिब एक सय महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);