न्यायालयको विवाद चाँडै समाधान होस् भन्ने पार्टीको चाहना छ : देव गुरुङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

न्यायालयको विवाद चाँडै समाधान होस् भन्ने पार्टीको चाहना छ : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलका  प्रमुख सचेतक देव गुरूङले न्यायालयको विवाद  चाँडै समाधान होस् भन्ने आफ्नो पार्टीको मत रहेको बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार बुझाएको ज्ञापनपत्र बुझ्दै गुरुङले यसबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउने वचन दिए ।  

‘न्यायलयमा उठेका प्रश्न र न्यायालयको शुद्धीकरणका सम्बन्धमा ध्यानाकर्षण भयो’, बारका पदाधिकारीसँग गुरुङले भने, ‘छिटोभन्दा छिटो निकास दिनुपर्छ भन्ने दलहरू एकमत छन् । ध्यानाकर्षण भएको छ । पार्टी पनि छिटो समाधान होस् भन्ने धारणामा छ ।’ कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोेजेको लगायतका आरोप लगाएर बार निरन्तर तीन साताभन्दा लामो समयदेखि आन्दोलित छ ।

यसअघि सोमबार नै बारले  सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई जबरालाई महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);