लुम्बिनी प्रदेशमा एमालेलाई अर्को झड्का, कांग्रेस उम्मेदवार बिजयी | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार

लुम्बिनी प्रदेशमा एमालेलाई अर्को झड्का, कांग्रेस उम्मेदवार बिजयी

काठमाडाैं । लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेलाई फेरि झड्का लागेको छ। एमालेका उम्मेदवार कांग्रेसका उम्मेदवारसंग पराजित भएपछि यस्तो झड्का लागेको थियो। जेठ ६ गते बागमती प्रदेशमा भएको राष्ट्रियसभाको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार हारेका थिए।

लुम्बिनी प्रदशेमा सोमबार भएको निर्वाचन पछि भएको मतगणनामा कांग्रेसका उम्मेदवार इगनारायाण पाण्डेले एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए।

कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो। आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो।

२११ मतमध्ये पाण्डेयले ११८ मत पाए भने एमालेका उम्मेदवार खड्काले ९३ मत ल्याए। प्रदेश सभाका ८३ मतमध्ये पनि एक मत बदर भएको थियो। पाण्डेले ४२ मत पाएका थिए भने खड्काले ४० मत ल्याएका थिए।

Leave a Reply