काठमाडौं। साझा पार्टीका पूर्व नेता उज्वल थापाको परिवारले उपचारका लागि बिएण्डसी मेडिकल कलेजका सञ्जालक दुर्गा प्रसाईंले गरेको सहयोग लिन अस्विकार गरेको छ । शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै भेन्टिलेटरमा उपचचाररत उज्वल थापाको सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने भन्दै अस्विकार गरेका हुन् ।
उपचारर्थ थापाका परिवारले दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने बताएका हुन् । थापाको सहयोगका लागि हालसम्म अमेरिकी डलर २२,२९१ र नेपालमा रहेको बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको परिवारले जनाएको हो ।