सल्यान । सल्यानको शारदा नगरपालिकाले आफ्ना १५ वटै वडामा कोरोना भाइरसका संक्रमित खोज अभियान सुरु गरेको छ । जिल्लामा कोरोना भाइरस तिव्र रुपमा फैलिरहेको अवस्थामा संक्रमण रोकथाम गर्न र उनीहरुको अवस्था पनि थाहाँ पाउन सकिने भएकाले नगरपालिकाले सो अभियान सुरु गरेको हो ।
नगरपालिकाले अहिले एनटिजन विधि बाट कोरोना परिक्षण गर्दै आएको छ । कोरोनासंग मिल्दो जुल्दो लक्षण भएका बिरामीहरुलाई टोल स्तरमा नै गएर चेक जाँच गर्ने र कोरोना संक्रमण फैलन नदिनको लागि यो अभियान संचालन गरिएको सारदा नगरपालिका सल्यानका मेयर सुरेश अधिकारी बताएका छन् ।
कोरोना रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले नगरका प्रत्येक वडामा वडा अध्यक्ष, महिला स्वय सेविका, शिक्षक लगाएत संग समन्वय गरेर कामहरु गरिरहेको र कोरोना रोकथाम नियन्त्रणको लागि आफुहरुले अनुगमन गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंकर पाठकको भनाइ रहेको छ ।