रूपन्देहीमा थप जेठ २० सम्मका लागि निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

रूपन्देहीमा थप जेठ २० सम्मका लागि निषेधाज्ञा

रूपन्देही। रूपन्देहीमा जेठ २० सम्मका लागि निषेधाज्ञा थप गरिएको छ।

रुपन्देही जिल्ला प्रशासन कार्यालयको निर्देशनमा जेठ २० सम्मका लागि निषेधाज्ञा थप गरिएकको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जेठ २० सम्म निषेधाज्ञा थप गरिएको जानकारी दिएका छन् ।

यो अवधिमा शान्ति सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधनजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको थापाले बताए ।

यो अवधिमा भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठि, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्यूटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);