व्यक्तिगत असावधानीका कारण टोलका अधिकासं घरमा कोरोना संक्रमित भेटिए | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८१, बुधवार

व्यक्तिगत असावधानीका कारण टोलका अधिकासं घरमा कोरोना संक्रमित भेटिए

चितवन ।  चितवनको कालिका नगरपालिका–५,नमुना टोलको अधिकासं घरमा कोरोना संक्रमणीत भेटिएका छन् । गोर्खाली चोक देखि नमुना चोकको विचका १२ घर मध्ये ४ वटा घरमा कोरोना देखिएको हो ।टोलका १० वर्ष देखि ७० वर्ष सम्मका मानिसहरुमा कोरोना संक्रमित छन्। ४ घरका १५ जना कोरोना संक्रमित भएका छन् । एकै घरका ७ जना परिवार सम्म कोरोना संक्रमीत रहेको वडा अध्याक्ष जियन महत्तोले बताए । टोलमा रहेका तर परिक्षण नगराएकाहरुको केही घरमा समेत कोराना संग सम्बन्धि मिल्दोजुल्दो लक्ष्यण देखिएको छ ।

तर लक्ष्यण देखिएकाहरु अस्पताल सम्म पुग्ने साधन र कोरोना पोजेटिभ देखिएमा थप समस्या हुने भन्ने डरले परिक्षणको लागि गएका छैनन् । गाउँमा पहिलो पटक बैशाख तेस्रो हप्तामा कठमाडौँ गएर आएका एक स्थानिय एक युवामा कोरोना देखिएको थियो । उनी टोलको एक विवाहमा सहभागी समेत भएका थिए । उनी संगै टोलमा संक्रमीतको संख्या बढ्दै गएको छ महतो बताउँछन् । टोलका संक्रमित सबै होमआईसोलेशनमा छन् ।

कालिका नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जियन महत्तोका अनुसार अहिले सम्म वडामा २५ बढिमा कोराना संक्रमण देखिएको छ । गाउँमा नै संक्रमण फैलन सक्ने भन्दै आफुले कोरोना परिक्षणको लागी पहल गर्दै, संक्रमण न्युनिकरण गर्नेको लागी संक्रमित परिवारमा मास्क, सेनिटाईजर लगायतका सामाग्री वितरण गरेको महतोले बताए । चितवनमा अहिले सम्म १२ हजार ७ सय ९६ कोरोना संक्रमित छन् । कोरोनाका कारण १ सय ९९ सय जनाको मृत्यु भएको छ । 

चितवनमा कोरोनाको मुख्य कारणबजारमा असावधानीपूर्वक गरिएको किनमेल, घुमफिर र धार्मीक कार्यका कारण चितवनमा कोरोना फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको एक अध्ययनले पनि त्यसलाई पुष्टि गर्छ । चितवन स्वास्थ्य कार्यालयले उपलब्ध गराएको विवरण अनुसार भरतपुर महानगरका संक्रमितहरूको अध्ययन गर्दा सवा ३२.२६ प्रतिशतले आफूहरू घरबाहिर गएको र किनमेल गरेका कारण संक्रमित भएको बताएका छन् ।

३०.६५ प्रतिशतले परिवारका संक्रमित सदस्यबाट आफू पनि संक्रमित भएको जनाएका छन् । यसको अर्थ परिवारमा एक जना संक्रमित भएपछि अन्य सदस्यमा पनि संक्रमण फैलिएको छ। कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार ३ सय ७२ जना संक्रमितलाई फोन बाट सोधेर यो ३० वैशासकामा यो प्रतिवेदन सर्वजनिक गरिएको थियो । टेलिफोनमा भेला, जमघटमा गएका कारण संक्रमण भएको बताउने १९.६३ प्रतिशत छन् । छिमेकीबाट सरेको भन्नेहरू ६.४५ प्रतिशत छन् ।

यात्रा मार्फत संक्रमित भएको भन्नेहरु ५ं.६४ प्रतिशत छन् । अफिस गएका कारण संक्रमित भएको भन्नेहरू ५.३७ प्रतिशत भेटिएको ढकालले बताईन् । अघिल्लो पटक अस्पतालबाट कोरोना सरेको भन्नेहरू धेरै भए पनि यसपटक त्यस्तो नदेखिएको उनले बताईन् । अस्पताल र रोजगार क्षेत्रमा सतर्कता बढेका कारण त्यहाँबाट यसपटक संक्रमण धेरै फैलन नपाएको कार्यलयको अनुमान छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);