भारतमा दैनिक संक्रमित संख्या २ लाख ४० मा झ-यो, मृत्यु दर पनि घट्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

भारतमा दैनिक संक्रमित संख्या २ लाख ४० मा झ-यो, मृत्यु दर पनि घट्दै

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार ८ सय ४२ मा संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार ८ सय ४२ मा संक्रमण पुष्टि भएको हो । यो सँगै भारतमा संक्रमित हुनेको कुल संख्या दुई करोड ६५ लाख ३० हजार १ सय ३२ पुगेका छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ हजार ७ सय ४१ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९९ हजार २ सय ६६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टाका ३ लाख ५५ हजार १ सय २ लगायत भारतमा संक्रमणमुक्त हुनेको संख्या दुई करोड ३४ लाख २५ हजार ४ सय ६७ पुगेको छ ।

हाल भारतमा २८ लाख ५ हजार ३ सय ९९ सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितको संख्या पनि दैनिक क्रमिक रुपमा घटिरहेको छ ।

त्यसैगरी भारतमा हालसम्म १९ करोड ६० लाख ५१ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply