इटालीमा केवल कार दुर्घटना, एक बालकसहित १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

इटालीमा केवल कार दुर्घटना, एक बालकसहित १४ जनाको मृत्यु

एजेन्सी । इटालीको उत्तरी क्षेत्र स्थित माजोरे ताल नजिकैको पहाडमा केवल कार दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।



स्ट्रेसा बजारबाट यात्रुलाई पिड्मोन्ट क्षेत्रको मोतारोनी माउन्टेन लैजाने क्रममा केवलकार दुर्घटना भएको हो । केवलकार वन क्षेत्रमा काटिएका रुखमाथि खसेको र एक बालकसहित १४ जनाको मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा एक बालकलाई भने घाइते अवस्थामा उद्दार गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेहरुमा पाँचजना इजारायली रहेका छन् ।

दुर्घटनाको कारण खुल्न नसकेको अधिकारीहरुको भनाई छ । केवलकार झण्डै २० मिटर तल जमिनमा खसेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);