एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना सक्रमितको दरमा कम आएता पनि लकडाउन अवधि बढाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार लकडाउन पुनः एक साता थप्न निर्देशन दिएका हुन् ।
निर्देशन दिएसंगै दिल्लीमा ३१ मेसम्म लकडाउन जारी रहने छ । १८ अप्रिलदेखि दिल्लीमा शुरु भएको लकडाउन २४ मेमा समाप्त हुँदै थियो ।
मुख्यमन्त्री केजरीवालले संक्रमित घट्ने सिलसिला जारी रहे र स्थितिमा सुधार आए ३१ मेपछि लकडाउन हटाउट न सकिने बताएका छन् ।