संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भयो : सभामुख सापकोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भयो : सभामुख सापकोटा

काठमाडौँ। सभामुख अग्निपसाद सापकोटाले संसद् विघटन असंवैधानिक भएको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् । सभामुख सापकोटाले शनिबार वक्तव्य जारी गर्दे संसद विघटन असंवैधानिक र अलोकतान्त्रिका भएको भन्दै असन्तुष्ट व्यक्त गरेका हुन् । उनले ११ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला विपरित भएको तर्क समेत गरेका छन् ।

सभामुख सापकोटाले ‘फैसलामा ‘अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा र आवश्यकताका आधारमा मध्याआवधिक निर्वाचन बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानमाथिको कु भएको संज्ञा दिएका छन् ।

संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि मार्ग प्रस्तुत भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै संसद विघटन हुनुले पुन संसदमाथि हमला भएको बताए ।

सभामुख सापकोटले भनेका छन्, राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग कहि कतै मेल नखाएको समेत तर्क रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);