रुपन्देहीमा २ जनाको मृत्यु, १ सय ६७ जना नयाँ सक्रमित | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

रुपन्देहीमा २ जनाको मृत्यु, १ सय ६७ जना नयाँ सक्रमित

भैरहवा। कोरोना सक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६७ जना नयाँ कोरोना सक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देही जिल्लामा सबैभन्दा धेरै बुटवल उप–महानगरपालिकामा २१ जना महिला, २८ जना पुरुष सक्रमित भएका छन् ।

सिद्धार्थनगर नगरपालिकामा १५ जना महिला र ९ जना पुरुष नयाँ सक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ । त्यसैगरि तिलोत्तमा नगरपालिकामा १२ जना महिला, १७ जना पुरुष, सियारी गाउँपालिकामा ३ पुरुष थपिएका छन् भने देवदह नगरपालिकामा ४ महिला ६ पुरुष, गैँडहवा गाउँपालिकामा २ जना महिला, १ जना पुरुष मायादेवी गाउँपालिकामा २ जना पुरुष, मर्चवारी गाउँपालिकामा १ जना पुरुष सक्रमित भएका छन् ।

सैनामैना नगरपालिकामा १५ महिला १६ जना पुरुष सक्रमित थपिएका छन् । ओमसतिया गाउँपालिकामा ३ महिला र ३ पुरुष सक्रमित थपिएका छन् भने, कञ्चन गाउँपालिकामा १ जना पुरुष सक्रमित भएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ जना पुरुष, रोहिणी गाउँपालिकामा ३ जना महिला १ जना पुरुष, सुद्धोधन गाउँपालिकामा २ जना पुरुष, कोटहीमाई गाउँपालिकामा १ जना महिला सक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

हाल सम्म रुपन्देही जिल्लामा १९ हजार २ सय ६६ जना निको भई घर फर्केका छन् भने कुल मृत्यु हुनेको संख्या ३ सय ८८ पुगेको छ भने सक्रीय सक्रमितको संख्या ५ हजार १ सय ९४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);