पाँच पार्टीको संयुक्त बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

पाँच पार्टीको संयुक्त बैठक जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभा विघटन भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पाँच पार्टीको संयुक्त बैठक जारी रहेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक केही समय अघि सुरु भएको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको असन्तुष्ट नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई राजनीतिक, न्यायीक र विभिन्न क्षेत्रबाट चुनौती दिनेबारे छलफल हुने बताइएको छ ।

सर्वोच्च अदालतले गत पुस ५ गते गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै फागुन २३ गते पुनःस्थापित गरेको साढे दुई महिनापछि पुनः भंग भएको हो ।

पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीति तय गर्न पाँच दलको बैठक बस्दै

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);