कपिलवस्तुमा माओवादी नेता पाण्डेलाई गोली प्रहार गर्ने २ आरोपित सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

कपिलवस्तुमा माओवादी नेता पाण्डेलाई गोली प्रहार गर्ने २ आरोपित सार्वजनिक

कपिलवस्तु । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दिपक पाण्डेमाथि गोली प्रहार गर्ने २ जना आरोपित सार्वजनिक भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुधबार राति पाण्डेमाथि गोली प्रहार गर्ने २ जना आरोपितलाई प्रकाउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

घटनाका आरोपित कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ बर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका वडा नं. २ बस्ने साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

नेता पाण्डेमाथि ३ राउण्ड गोली प्रहार प्रहार भएको छ । उनको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ ।

घटनामा संलग्नबाट लु १६ प ३४९७ नं. को पल्सर मोटरसाइकल, दुई थान मोवाईल, एक थान जंगी राउण्ड, एक थान खोका पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाउ परेका आरोपित यादवले व्यक्तिगत रिसिबीका कारण आफुले गोली प्रहार गरेको प्रहरी सामु स्विकार गरेका छन् । व्यक्तिगत दुष्मनीका कारण आफुले हत्याको योजना बनाएको पनि यादवले प्रहरी सामु बताएका छन् ।

नेता पाण्डे सडवाबाट तौलिहवा तर्फ आफ्नो निजी मोटरसाइकलमा आउँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । पाण्डेसंगै रहेका अर्का भारतीय नागरिक मोहमद ईसाद खानपनि घाइते भएको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);