इजरायल र प्यालेस्टाइनबीच शान्ति कायम गर्न राजदूत अञ्जना शाक्यको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

इजरायल र प्यालेस्टाइनबीच शान्ति कायम गर्न राजदूत अञ्जना शाक्यको आग्रह

एजेन्सी । इजरायलका लागि नेपाली राजदूत अञ्जना शाक्यले इजरायल र प्यालेस्टाइनबीच शान्ति कायम हुनुपर्नेमा जोड दिएकी छिन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विदेशमन्त्रीसँग कूटनीतिज्ञहरुको भेटमा राजदूत शाक्यले दुई देशबीचमा चक्रिएको युद्धपात रोक्न आग्रह गरेकी हुन् ।

नेपाल शान्ति पक्षधर मुलुक भएकाले तत्काल शान्ति बहाली हुनुपर्ने कुरामा आफूले जोड दिएको दूतावासले जनाएको छ ।

उनले प्रधानमन्त्री समक्ष इजरायलमा रहेका नेपालीको समस्यबारे पनि अवगत गराएकी थिइन् इजरायली प्रधानमन्त्री नेतान्याहुले गाजा क्षेत्रमा भैरहेको पछिल्लो तनावबारे कूटनीतिज्ञहरुसँग ब्रिफिङ मागेका थिए। दुई सातादेखि इजरायल र प्यालेस्टाइनीच गाजा क्षेत्रमा तनाव चलिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);