कपिलबस्तु । कोरोना महामरीका बीच कपिलबस्तु सदरमुकाम तौलिहवामा दैनिक उपभोग्य बस्तु र रिचार्ज कार्डको मूल्यमा समेत बृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठुला व्यापारी र बिचौलीयाहरुले चामल , तेल दाल गेडगुडी, चिनी र अण्डालगायत खाद्य बस्तुको मूल्यमा बुद्धि गर्न थालेका हुन् ।




