नबौं नगरसभाबाट कपिलबस्तु नगरपालिकाको निति तथा कार्यक्रम पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नबौं नगरसभाबाट कपिलबस्तु नगरपालिकाको निति तथा कार्यक्रम पारित

कपिलबस्तु । जिल्लाको कपिलबस्तु नगरपालिकाले नवौ नगरसभाबाट आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरेको छ । कपिलबस्तु नगरपालिकाको सभाहलमा आयोजित नवौं नगरसभाबाट सर्बसम्मत रुपमा नीति तथा कार्यक्रम पारित गरेको हो ।

नगर प्रमुख किरण सिंहले सामाजिक, आर्थिक, सास्कृतिक रूपान्तरणको संवाहकका रूपमा शैक्षिक प्रणालीलाई सुधार गर्नका लागि सबै तहको शिक्षामा समता मूलक पहुँचको सुनिश्चितता, गुणस्तरमा सुधार, अब्बल व्यवस्थापकीय क्षमताको विकास गरिने बताए ।

सामुदायिक एवं संस्थागत विद्यालय बीचको विसमताको अन्त्य, विद्यालयहरूका बीचको असल अभ्यासहरूको आदान प्रदान गरी प्रयास गरे परिवर्तन सम्भव छ भन्ने मान्यता स्थापितका लागि शैक्षिक प्रणालीलाई जिम्मेवार, जवाफदेही, पारदर्शी, नतिजामुखी र उत्तरदायी बनाउदै नगरपालिकालाई शैक्षिक क्षेत्रको हबको रुपमा विकास प्रमुख सिंहले बताए । जमुवार देखि भिक्षु चौक सम्म सडक सुन्दरीकरणको लागि सडक बत्ती जडान तथा व्यवस्थापन, भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लागत संकलनको आधारमा सोको विपरित नापजाँच गरी जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने प्रक्रिया अगाडी बढाइने प्रमुख सिंहले बताए ।

उनले चालुआ.व. २०७७/०७८ र अगामी आ.व. २०७८/०७९ को लागि कायम गरिएको व्यवसाय करमा कोविड १९ का कारण व्यवसायहरुमा परेको प्रभावलाईमध्यनजर गरी व्यवसाय करमा २० प्रतिशत छुट दिइने बताए । यस्तै पुर्वधार विकास, आर्थिक विकास, पशु विकास, कृषि विकास, उद्योग तथा वणिज्य, पर्यटन तथा संस्कृति प्रर्वद्धन्, श्रम तथा रोजगार, वन वातावरण तथा विपद् व्यवस्थापन, विपद् व्यवस्थापन निति, फोहर मैला व्यवस्थापन, सुशासन तथा संस्थागत विकास, सूचना तथा संचार प्रविधि र सामाजिक सुरक्षा तथा पञ्जिकरण निति परित गरिएको प्रमुख सिंहले बताए ।

सो अवसरमा बोल्दै नगर उप प्रमुख लक्ष्मी गुप्ताले नगरपालिकाको प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरी स्थानिय रुपमै समस्याको समाधान गरिने बताईन् । नगरले आउने आ.व २०७८।७९ मा गर्भवति महिलाहरुलाई निशुल्क ऐम्बुलेन्स सेवा प्रदान गरिने उप प्रमुख गुप्ताले बताईन् ।

कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, वडा नं. १ का वडाध्यक्ष सुदिप पौडेल, २ नं. वडाध्यक्ष रामभजन कलवार, ३ नं. का वडाध्यक्ष रुद्रबहादुर गैरे, ४ नं. का वडाध्यक्ष रविन्द्र प्रताप तिवारी, ५ नं. का वडाध्यक्ष दिरेप चौधरी, ६ नं. का वडाध्यक्ष राम दिनेश यादव, ७ नं. का वडाध्यक्ष धर्मात्मा मणि त्रिपाठी, ८ नं. का वडाध्यक्ष शिव कुमार पाण्डेय, ९ नं. का वडाध्यक्ष शिव वाग्ले, १० नं. का वडाध्यक्ष मोहन शर्मा, ११ नं. का वडाध्यक्ष राम गोपाल यादव र १२ नं. का वडाध्यक्ष ओम प्रकाश पाण्डेय, शिक्षा सल्लाहकार कनक मान श्रेष्ठ, सुरेन्द्रराज लम्साल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);