नेपाल आईपुग्यो स्पेन सरकारको सहयोग स्वरुप आएको स्वास्थ्य सामाग्री | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

नेपाल आईपुग्यो स्पेन सरकारको सहयोग स्वरुप आएको स्वास्थ्य सामाग्री

काठमाडौं । कोरोना महामारी उपचार तथा रोकथामका लागि स्पेन सरकारले सहयोग स्वरुप प्रदान गरेको अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ ।

स्पेनको चार्टर्ड विमानबाट बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुगेको स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी बुझेका छन् । सामाग्रीसँगै विमानमा आएका स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाको पहलमा ती सामाग्री नेपाल आईपुगेको हो ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, एन्टिजेन परीक्षण कीट, पीपीई आदि ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले ट्वीट गर्दै आवश्यक परेको बेला स्पेनले नेपालका लागि गरेको सहयोग अमूल्य भएको बताउँदै स्पेन सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);